१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मेची भन्सारले चैत मसान्तसम्म उठायो १३ अर्ब १४ करोड राजश्व



बिर्तामोड-मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ।

कार्यालयका अनुसार उक्त संकलन वार्षिक लक्ष्यको ६९.८३ प्रतिशत हो। चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ।

सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चैत महिनामा मात्रै १ अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व उठेको छ, जुन मासिक लक्ष्यको ९४.६९ प्रतिशत हो।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार ००:००  ७ : ५५ बजे