७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

वीरता जेसीजको क्यालेन्डर बिमोचन कार्यक्रम



बिर्तामोड– अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा वीरता जेसीजले क्यालेन्डर बिमोचन कार्यक्रम आयोजना गरेको छ। श्रमिक वर्गप्रति सम्मान र श्रमको गरिमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक जेसी अभिषेक गहतराजले श्रमिक दिवसले श्रमप्रति सम्मान र अधिकारप्रति सचेतना जगाउने सन्देश दिने बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गरे।

प्रमुख अतिथि जेसी निर्मल भट्टराईले क्यालेन्डर बिमोचन गर्दै श्रमिकहरूको योगदान राष्ट्र निर्माणको आधार भएको उल्लेख गरे। विशिष्ट अतिथि सिनेटर घनश्याम चौधरीले श्रमिक दिवस उत्सव मात्र नभई अधिकार र सम्मानको सन्देश फैलाउने अवसर भएको बताए।

अतिथि जेसी विकास बस्नेतले यस्ता कार्यक्रमले संस्थागत एकता र सामाजिक उत्तरदायित्व बलियो बनाउने धारणा राखे। कार्यक्रम अध्यक्ष एलसी श्रेष्ठको अध्यक्षतामा भएको हो ।

कार्यक्रमको सञ्चालन जेसी सुभास तिखत्रीले गरेका थिए भने कार्यकारिणी उपाध्यक्ष जेसी प्रज्वल बिमलीले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार ००:००  ९ : ५३ बजे