१ असार २०८३, सोमबार | Mon Jun 15 2026

बिर्तामोडका चर्चित व्यवसायी महेन्द्र प्रसाई मृत फेला



बिर्तामोड- बिर्तामोडका चर्चित व्यवसायी महेन्द्र प्रसाई शुक्रवार मध्यान्ह मृत फेला परेका छन् । अर्जुनधारा ६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।

प्रसाई कुनै बेला झापा बिर्तामोडको बीएण्डसी हस्पिटलका साझेदार थिए । प्रसाईलाई बीएण्डसी हस्पिटलको संस्थापक मध्येका एक मानिन्छ ।

मैनालीले आफूबाट लगेको ऋण फिर्ता नगरेको बताउँदै आएका प्रसाई अन्तत उनको घरको दोस्रो तलामा गएर झुण्डिएका हुन् । मैनाली काठमाडौँमा बस्दै आएका छन् ।

मैनालीको खाली तीनतले घरको दोस्रो तलाको कोठामा प्रसाई झुन्डिएको प्रहरीले जनाएको छ । सिलिङ पंखा झुन्ड्याउने हुकमा नाइलनको हरियो डोरीले पासो लगाएर झुन्डिरहेको देखेपछि स्थानीयले दिउँसो सवा १२ बजे प्रहरीमा खबर गरेका थिए ।

दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका प्रसाई आफैँले यसअघि भ्रष्टाचारविरोधी अभियान चलाएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ००:००  १ : २५ बजे