कनकाई- झापाको कनकाई नगरपालिका–१ मा दुर्गापुरमा प्रभु बैँकको शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा देशभरको ३१४ औँ शाखा सञ्चालनमा आएको हो ।
बैँक सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका हुन् । कार्यक्रममा कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी विशेष अतिथि थिइन् ।
कार्यक्रममा बैँकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रको आर्थिक अवस्था चलायमान बनाउने गरी शाखा खोलिएको बताए ।


















