९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

आयल निगम नाफामा, कर्मचारीले मागे ऐन अनुसार बोनस



झापा– नेपाल आयल निगम नाफामा गएको छ । निगम नाफामा गएपछि कर्मचारीले बोनस पाउनु पर्ने माग गरेका छन् ।

निगमले गत आर्थिक वर्ष ०७९–८० मा १८ अर्ब रुपैयाँभन्दा बढी नाफा गरेको हो । नाफा गरेपछि निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ ।

नाफा भएको वर्ष कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको निगमको आधिकारिक ट्रेड युनियन कर्मचारी संघका अध्यक्ष वीरेन्द्र चन्दले बताए ।

‘ऐनमा नाफा भएको वर्ष कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने व्यवस्था छ’, अध्यक्ष चन्दले भने, ‘गत आर्थिक वर्षको नाफाबाट बोनसबापतको रकम छुट्याई कर्मचारीलाई वितरण गर्नुपर्छ ।’

बोनस ऐनमा नाफा भएको वर्ष कर्मचारीलाई दुई महिनासम्मको तलब बराबरको रकम बोनस वितरण गर्नुपर्ने व्यवस्था छ ।

निगमका कर्मचारीलाई नियमित सुविधा नै अत्यधिक भएकाले बोनस वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदीय समिति र तालुकदार उद्योग मन्त्रालयले यसअघि नै पटक–पटक निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार ००:००  ७ : ५५ बजे