बिर्तामोड– स्पीक कर्नरका सम्पादक सुब्रत न्यौपाने सम्मानित भएका छन् । झापाको बिर्तामोड–२ स्थित बीर अमरसिंह माध्यमिक विद्यालयले ६५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार सम्पादक न्यौपानेलाई सम्मान गरेको हो ।
नेपालको पहिलो एचडी च्यानल एपीवान टेलिभिजनको प्रादेशिक व्युरो कोर्डिनेटरको रुपमा कार्यरत न्यौपाने दुई दशकदेखि पत्रकारितामा त्रियाशील छन् ।
- सहाराद्वारा कृषक समूहलाई बीउ बोका वितरण
- बिर्तामोडलाई आदर्श च्यालेन्ज कपको उपाधि
- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
समपादक न्यौपानेलाई पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदरस्वरुप सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की, नगर उपप्रमुख नगेन्द्रप्रसाद सङग्राैला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशाेरकुमार पाैडेल लगायतले पत्रकार न्यौपानेलाई कदरपत्रसहित सम्मान गरेका छन् ।