२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ दर्ता



दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ दर्ता

काठमाडौं– दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले आयोगबाट दर्ता प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ ।

पार्टीको औपचारिक घोषणा आगामी मंसिर ७ गते झापाको दमकमा गर्ने तयारी गरिएको प्रसाईंको सचिवालयले जनाएको छ ।

प्रसाईंले यसअघि राप्रपा परित्याग गरेका धवलशमशेर राणासँग मिलेर नयाँ दल गठन गर्ने तयारी गरेका थिए । तर, दुवैबिच सहमति जुट्न नसकेपछि राणाले छुट्टै पार्टी गठन गरेका थिए ।

नयाँ पार्टीले आफूलाई राष्ट्रवादी धारमा विश्वास गर्ने नेपाली, उद्योगी-व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई समेट्ने राजनीतिक दलका रूपमा प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार ००:००  ८ : ४७ बजे