बिर्तामोड-नेपाल शैक्षिक परामर्श संघ झापाका संस्थापक अध्यक्ष शिक्षासेवी सुमन शर्मा जमर कट्टेलको निधन भएको छ । बिहीवार बिहान कट्टेलको निधन भएको हो ।
बिहान अचानक छाती दुखेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शर्मा केही दिनदेखि अस्वस्थ्य थिए ।
देवभूमि स्कूलका संस्थापक शर्मा लामो समयदेखि शैक्षिक अभियानमा संलग्न रहँदै आएका थिए । दिउँसो १ बजे कनकाइ माइमा उनको अन्त्येष्टि गरिनेछ ।


















