५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

सरकार पछि हट्यो : स्वास्थ्य र शिक्षामा ३ प्रतिशत कर स्थगित



काठमाडौं- प्रधानमन्त्री बालेन शाहले निजी स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले उक्त शुल्क हाल कार्यान्वयन गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ्ने निष्कर्षका आधारमा निर्णय गरिएको उल्लेख गरेका छन् ।

उनका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको हो ।

‘यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।’

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार ००:००  २ : ५७ बजे