५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

कीर्तिपुरमा जलेको गाडीमा एक जनाको शव फेला



काठमाडौं-कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।बा५च ३०३८ नम्बरको गाडीमा आगलागी भएपछि पुगेको प्रहरीले गाडीभित्रबाट एक जनाको शव निकालेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार आगलागी भएको गाडी नबिल बैंकको नाममा दर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगलागीको कारण र मृतकको पहिचानबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार ००:००  १ : ३० बजे