१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

पौडेलविरुद्ध ६ दिन म्याद थप



काठमाडौं– सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले थप ६ दिनको अनुमति दिएको छ । अदालतले बिहीबार तेस्रोपटक म्याद थप गरेको हो ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै म्याद थपको आदेश दिएको हो ।

पौडेललाई असार ८ गते वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान गरिरहेको छ । यसअघि पनि विशेष अदालतले दुईपटक हिरासत म्याद थप गरिसकेको थियो ।

अनुसन्धान जारी रहेकाले उनीविरुद्ध लगाइएका आरोप अदालतबाट प्रमाणित भइसकेका छैनन् । मुद्दाको अन्तिम टुंगो अदालतको फैसला भएपछि मात्र लाग्नेछ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार ००:००  ३ : ४१ बजे