३ भाद्र २०८३, बुधबार | Thu Aug 20 2026

क्रिएटिभ आइडियल्स एकेडेमीमा विद्यार्थीको निर्वाचन



झापा– झापाको बिर्तामोड-१ स्थित क्रिएटिभ आइडियल्स एकेडेमीमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी नेतृत्व चयन गर्न सीआईए निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा १३८ मत खसेको थियो ।

मुख्य छात्रमा सलमान अली खान, मुख्य छात्रामा प्रस्ना गिरी, छात्र प्रिफेक्टमा बिश्वराज दाहाल र छात्रा प्रिफेक्टमा जीनत प्रविन निर्वाचित भएका छन् । चार पदका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

विद्यार्थीमा नेतृत्व विकास, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कार प्रवर्द्धन गर्ने उद्देश्यले निर्वाचन आयोजना गरिएको विद्यालयले जनाएको छ ।

संस्थापक निर्देशक एजाज अहमद अन्सारी र प्रधानाध्यापक धनञ्जय रिमालले यस्ता अभ्यासले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार ००:००  ३ : ५४ बजे