७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु



झापा– झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका-१२ घर भई बाहुनडाँगीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सचिन तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार साँझ करिब साढे ५ बजे मदन भण्डारी राजमार्ग अन्तर्गत मेचीनगर-२ स्थित दुर्गा मन्दिर नजिक तिरिङ खोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा साँझ ६:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–१ निवासी ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार डिल्लीराम सुब्बा भने सामान्य घाइते भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार ००:००  ८ : १८ बजे