२० असार २०८३, शनिबार | Sat Jul 4 2026

एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया



काठमाडौं- नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा शल्यक्रियामार्फत निकालिएको छ ।

डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा भएको शल्यक्रियापछि उनलाई आईसीयूमा सारिएको चिकित्सकहरूले जनाएका छन् । निकालिएको ढुंगा २२ एमएमको रहेको बताइएको छ ।

यसअघि पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पताल मा उपचाररत थिए । सर्वोच्च अदालतको आदेशपछि उनी पत्नी राधिका शाक्य को जिम्मामा रिहा भएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ००:००  १२ : ५१ बजे