४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

वैशाखमा वाणिज्य बैंकको ब्याजदर घट्यो



काठमाडौं- वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर केही घटाएका छन् । उच्च तरलता र कमजोर कर्जा प्रवाहका कारण औसत ब्याजदर घटेको हो ।

चैतको तुलनामा वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ०.०९४ प्रतिशत बिन्दुले घटेर ४.४९४ प्रतिशतबाट ४.४०० प्रतिशतमा झरेको छ ।

७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले स्थिर राखेका छन् । एनएमबी बैंक ले व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ५ प्रतिशत ब्याजदर तोकेको छ, जुन दीर्घकालीन निक्षेपका लागि मात्र लागू हुन्छ ।

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदरमा पनि दबाब पर्ने देखिएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह नबढ्दा ब्याजदर घट्दै गएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ००:००  १२ : २६ बजे