बिर्तामोड-नयाँ वर्ष २०८३ को अवसर पारेर नारी सञ्चार गृह झापाले क्यालेन्डर विमोचन गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीलगायतले क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, कोशी प्रदेश सदस्य राजकुमार ओली, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य गोपाल काफ्ले, झापा अध्यक्ष प्रदीप परियार, संस्थापक सदस्य शुसिला संग्रौला तथा विज इन्टरनेशनलका सञ्चालक अशोक भण्डारीलगायत सहभागी थिए ।
कार्यक्रमकी प्रमुख अतिथि भण्डारीले नारी सञ्चार गृहले पत्रकारको क्षमता अभिवृद्धि र संस्थागत विकासमा उल्लेखनीय काम गरिरहेको बताइन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन् ।
उनले विज्ञापनसम्बन्धी सरकारी परिपत्र तत्काल फिर्ता लिन आग्रह गर्दै निजी सञ्चारमाध्यममाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्यविपरीत हुने बताइन् ।
कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष गिरी, प्रेस चौतारी झापाका अध्यक्ष परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा र एबिसी नेपालकी अध्यक्ष कञ्चना सिटौलालगायतले शुभकामना व्यक्त गरेका थिए ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जोस्ना श्रेष्ठले स्वागत र सचिव दिपा पोखरेलले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा सांगीतिक तथा नृत्य प्रस्तुतिसमेत गरिएको थियो ।
















