५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026

सर्वोच्च अदालतप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि



भद्रपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्थापना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट भइरहेको ढिलाईप्रति सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका छन्।

संवैधानिक जटिलताको यति ठूलो प्रश्नमा समेत सर्वोच्च अदालतले समयमा न्याय निरूपण गर्न नसकेकाे प्रति पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कडा असन्तुष्टि व्यक्त गरेका हुन् ।

भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सर्वोच्चले यत्रो ठूलो संवैधानिक प्रश्नमा समयमै फैसला गर्नुपर्ने भएपनि नगरेको भन्दै अध्यक्ष ओली असन्तुष्टि जनाएका छन् ।

उनले भने, ‘अब सर्वोच्च अदालत यत्रो संवैधानिक प्रश्नमा अल्झिएको छ, यो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्दथ्यो। निर्वाचनपछि साधारण तारेख यस मुद्दा सम्बन्धी साधारण तारेख व्यावहारिक रूपमा अर्थहीन छ, प्रयोजनहीन छ। सैद्धान्तिक रूपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला, एउटा नजिर त बस्ला, जे बस्ला। तर न्याय अर्थपूर्ण हुनुपर्दछ।’

उनले निर्वाचनपछि सर्वोच्चको फैसला म्याद गुज्रिएको औषधिजस्तो हुने टिप्पणी गरे।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार ००:००  १ : ५० बजे