२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

भद्रपुरमा सिरिन्ज हानेर ढकालको हत्या



भद्रपुर-झापाको भद्रपुरमा बिहीबार साँझ एक जनाको हत्या भएको छ । भद्रपुर नगरपालिका १० का खेम ढकालको हत्या भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहिबार साँझ छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदै गर्दा ढकालमाथि सिरिन्ज आक्रमण भएको थियो ।

आक्रमणमा घाइते भएका ढकाललाई तत्कालै अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको हो । झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले घटनामा संलग्न भएको आशङ्कामा एकजनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा सिराहा घर भएका २६ वर्षीय दिपेशकुमार सिंह छन् । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शुक्रबार ००:००  ८ : ५७ बजे