काठमाडौँ-नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपा माओवादीलाई समेत एकतामा आउन सार्वजनिक रुपमा अपिल गरेका छन् ।
पेरिस डाँडामा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अझै बलियो र सशक्त बनाउनुपर्ने बताए ।
संयोजक प्रचण्डले विप्लव नेतृत्वको माओवादीलाई आत्मसमीक्षासहित मूलधारमा फर्किन सार्वजनिक रुपमा अपिल गरेका हुन् । उनले यताउता नभौतारिन विप्लवलाई अनुरोध पनि गरे ।















