काठमाडौं-सरकारले भोटेकोशी-त्रिशूली बाढीपछि सञ्चालन हुँदै आएको खोज तथा उद्धारको चरण हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । अत्यावश्यक खोज तथा उद्धारको काम भने जारी राखिने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१ औँ बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक खोज तथा उद्धारका कामसँगै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
बाढीपछि लामो समयदेखि सञ्चालनमा रहेको खोज तथा उद्धार अभियानलाई अब पुनर्निर्माण र पुनर्स्थापनातर्फ केन्द्रित गर्ने सरकारको तयारी छ ।



















