बिर्तामोड-झापाको बिर्तामोड-७ खोपबारीस्थित भित्री सडक खण्डमा शनिबारराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुवास मादेन रहेका छन् ।
प्याकुरेल चोकबाट बुट्टाबारीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१३ प ९१९९ नम्बरको स्कुटी अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।
स्कुटीमा सवार ३५ वर्षीय मादेन गम्भीर घाइते भएका थिए । लगत्तै अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















