बिर्तामोड-प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले जिल्ला शाखा झापाले स्थापना गरेको उपचार कोषमा १५ हजार सहयोग गर्नु भएको छ ।
तीन महिनाअघि प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष अधिकारीले उपचार कोषमा सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।
उक्त घोषणा बमोजिम बुधबार उपाध्यक्ष अधिकारीले रकम पठाउनु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले बताउनु भयो ।
उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषका संयोजक भीमा शिवाकोटीले जानकारी दिनुभयो । कोषमा हालसम्म साढे छ लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।
कोषमा सदस्य बन्न बाँकी सदस्यलाई समेत प्रेस चौतारीले सदस्यता लिन आह्वान गरेको छ । बुधबार मात्रै तीर्थराज खरेल, संगीता उप्रेती र किशोर उपरकोटीले कोषको सदस्यता लिएको उपाध्यक्ष सुनिता मैनालीले बताउनु भयो ।














