२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

सिताराम टोलका सुब्बाको डुबेर मृत्यु



बिर्तामोड-झापाको मेचीनगर-५ सिताराम टोलका उत्तम सुब्बाको डुबेर मृत्यु भएको छ । बुधबार राति घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा सुब्बालाई डुबेको अवस्थामा मृत भेटिएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार ००:००  ६ : ४९ बजे