७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

जन्मदिनको खर्च कटाएर अक्षय कोषलाई सहयोग



बिर्तामोड-मुद्रण उद्योग संघ, झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनलाई एक उदाहरणीय र सामाजिक कार्य गरेर मनाएका छन् ।

उत्सवमा हुने फजुल खर्चलाई बचाएर उनले संघमा आबद्ध सदस्यहरूको हितका लागि स्थापित अक्षय कोषलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले संघद्वारा सञ्चालित ‘सदस्य राहत अक्षय कोष’ लाई बलियो बनाउने उद्देश्यले नगद २५ हजार १०५ रुपैयाँ हस्तान्तरण गरे ।

आफ्नो व्यक्तिगत खुशीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उनले यो कदम चालेका हुन् । रकम हस्तान्तरण गर्दै उनले भने, ‘सामाजिक संस्थाको दिगोपनका लागि अक्षय कोष मेरुदण्ड सरह हो ।’

उनको यो पहलले व्यक्तिगत उत्सवलाई कसरी सामाजिक हितमा जोड्न सकिन्छ भन्ने प्रेरणा दिएको छ । उक्त अक्षय कोष मुद्रण व्यवसायमा संलग्न सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पुर्‍याउने पवित्र उद्देश्यले स्थापना गरिएको संघले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार ००:००  ७ : ३८ बजे