१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

आगलागीमा दुई जना कामदारको मृत्यु



काठमाडौँ- कमलपोखरीस्थित एक खाजाघरमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौँडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको होे । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार ००:००  १२ : ५४ बजे