१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

आर्थिक पत्रकारिता पुरस्कार मुखियालाई



मेचीनगर– मेची उद्योग बाणिज्य संघले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर टेलिभिजनका झापा सम्वाददाता गणेशमान मुखियालाई प्रदान गरेको छ ।

संघको २१ औँ वार्षिक साधारण सभाका अवसरमा प्रदान गरिएको उक्त पुरस्कारको राशि रु २१ हजार रहेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत तथा संघका अध्यक्ष खेमराज प्रसाईंले मुखियालाई सम्मान गरेका थिए ।

संघले आर्थिक पत्रकारितामार्फत उद्योग-व्यवसाय क्षेत्रको गतिविधि उजागर गर्न योगदान पुर्‍याएको भन्दै मुखियालाई सम्मान गरिएको जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार ००:००  ८ : ०५ बजे