जनकपुर-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा जनकपुरको मुस्कान अस्पताल बन्द गरिएको छ । उपचारमा लापरवाही गरेकाे र बिना दर्ता सञ्चालन गरिएको जनाउँदै अस्पताल बन्द गरिएको हो ।
मुख्यमन्त्रीको निर्देशनमा अस्पतालका सञ्चालकले शनिबार तालाबन्दी गरेर साँचो सरकारलाई बुझाएका छन् । मुख्यमन्त्री सिंहले शुक्रबार राति अस्पतालमा छड्के अनुगमन गर्नु भएको थियो ।