बिर्तामोड-देश बदल्न शिक्षा बदल्नुपर्छ भन्ने नाराका साथ झापामा पहिलोपटक शिक्षामा क्रान्ति अभियानले तदर्थ समिति गठन गरेको छ ।
शिक्षामा क्रान्ति अभियानका केन्द्रीय संयोजक गगन पुरीको उपस्थितिमा देशमा पहिलोपटक झापामा अभियानको तदर्थ समिति बनेको हो ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा शनिबार भएको भेलाले सन्तोष राईको संयोजकत्वमा ५१ सदस्य समिति गठन गरेको छ । समितिको सचिवमा सरस्वती चौलागाईं हुनुहुन्छ ।
सदस्यहरूमा लीलाराज झापाली, खड्ग तिम्सिना, राजकुमार ओली, अनिल सुवेदी, सञ्जय राई, डिल्ली पोखरेल, रामकुमार उपाध्याय, विष्णु भट्टराई लगायत रहनु भएको छ ।
झापाका १५ वटै पालिकाबाट विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको प्रतिनिधित्व हुने गरी समिति बनाइएको केन्द्रीय संयोजक पुरीले बताउनुभयो ।
नवगठित समितिलाई कनकाई क्याम्पसका प्रमुख विकास उप्रेतीले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।