४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

डिजेल-मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि



झापानेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत् राखिएको छ । नयाँ समायोजनपछि पहिलो वर्गका लागि डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २३६ रुपैयाँ र तेस्रो वर्गका लागि २३७ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आन्तरिक उडानतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाएर २५६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य निरन्तर बढिरहेका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ । मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर करिब ११ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ ।

निगमका अनुसार पेट्रोलको मूल्य नबढाइए पनि समग्रमा मासिक रूपमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार ००:००  ६ : १३ बजे