बिर्तामोड– नाे केवलकार समूहले मेची राजमार्ग र तमोर करिडोरमा आह्वान गरेको अनिश्चितकालिन बन्दका कारण सवारी आवागमन ठप्प भएको छ ।
पाथिभरामा केवलकार बनाउन नहुने जनाउँदै केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतका विभिन्न छवटा संस्थाले मङ्गलबारदेखि राजमार्ग बन्दको आह्वान गरेका हुन् ।
बिर्तामोडबाट मेची राजमार्ग भएर पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनसमेत चल्न सकेका छैनन् । बिहानै मेची राजमार्गका विभिन्न ठाउँमा बन्दकर्ताले टायर बालेका छन् ।
पाथिभरामा केवलकार बनाउन नहुने जनाउँदै विरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले धरपकड गरिरहेको छ । तीन दिनअघि भएको झडपमा प्रहरीले गोली चलाएको थियो ।