धरान-धरानका मेयर हर्क साङपाङ रित्तो गाग्री बोकेर प्रदर्शनमा उत्रिनु भएको छ । धरानमा खानेपानीको अभाव भएको जनाउँदै मेयर साङपाङ आइतबार भानुचोकमा रित्तो गाग्री बोकेर आन्दोलनमा सहभागी हुनुभएको हो ।
मेयर साङपाङले धरानको खानेपानी समस्या समाधानका लागि सरकारले बजेट नदिएका कारण रित्तो गाग्री बोकेर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँले आफूलाई सरकारले नपत्याएको बताउँदै रित्तो गाग्री बोकेर एक्लै मन्त्रालय जाने चेतावनी दिनुभयो ।
धरानमा खानेपानीको समस्या समाधान गर्ने दृढ अठोटसहित साङपाङ स्थानीय तहको निर्वाचनमा होमिनुभएको थियो । तर, मेयरमा निर्वाचित भएपछि पनि खानेपानीको समस्या समाधान हुन सकेको छैन ।