२० असार २०८३, शनिबार | Sat Jul 4 2026

वामपन्थी एकतामा प्रचण्डको जोड



काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्।

प्रचण्डले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच मोर्चाबन्दी अपरिहार्य भएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र जनताको अधिकारमाथि बढ्दो चुनौतीका बीच कम्युनिष्ट आन्दोलनको पुनर्गठन जरुरी रहेको बताएका हुन्।

उनले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको लक्ष्यसहित अघि बढ्न सबै वामपन्थी शक्तिलाई पुनः एकताबद्ध हुन आह्वान गरेका छन्।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार ००:००  ८ : १६ बजे