७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

समस्याग्रस्त सहकारी व्यवस्थापन अध्यक्षमा आचार्य नियुक्त



झापा-सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले आचार्यलाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।  

बैठकले समितिका सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै समितिको नयाँ नेतृत्व चयन गरिएको जानकारी दिए।  

समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन, बचतकर्ताको हित संरक्षण तथा दायित्व फर्छ्योटसम्बन्धी कामलाई प्रभावकारी बनाउन सरकारले समितिको नयाँ नेतृत्व नियुक्त गरेको जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार ००:००  ६ : १५ बजे