धनकुटा-नेकपा एमालेका महासचिव शंकर पोखरेलले कसैले चाहँदैमा एमाले नेतृत्वको सरकार नढल्ने बताउनुभएको छ ।
नेकपा एमाले धनकुटाले आयोजना गरेको तीन महिने अभियानको उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
महासचिव पोखरेलले जनमत र देशको आवश्यकता अनुसार वर्तमान सरकार बनेकाले कसैले चाहँदैमा नढल्ने बताउनुभयो ।
जनमत अनुसार सत्ता सहकार्यका लागि काङ्ग्रेस एमाले तयार भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।