१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

दमकका राई दम्पति ब्राउन सुगरसहित पक्राउ



बिर्तामोड-प्रहरीले लागू औषध ब्राउन सुगरसहित झापाको दमकका एक दम्पतिलाई पक्राउ गरेको छ । बिहीबार उनीहरू समातिएका हुन् ।

पक्राउ पर्नेमा दमक चार फुलबारी टोलका २६ वर्षीय सरुप राई र उनकी श्रीमती ३२ वर्षीया आरती मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी ११ का मिलनकुमार राईको घरबाट राई दम्पतिलाई पक्राउ गरेको हो ।

राई दम्पतिले कोठाभित्र टेबलमा प्लास्टिकले पोको पारेर राखेको अवस्थामा दुई ग्राम ५० मिलिग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार ००:००  ९ : ४४ बजे