झापा- एमालेबाट निष्कासित गरिएका नेता भीम रावलले हतारमा पार्टी खोल्ने पक्षमा आफू नरहेको बताएका छन् । उनले एमाले, माओवादी, कांग्रेस वा एकीकृत समाजवादी कुनै पनि दलसँग सहकार्य नगर्ने बताएका हुन् ।
प्राइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा नेता रावलले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले दल खोलेको खण्डमा उनलाई साथ दिन आफू तयार रहेको बताए ।