२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

दवाव थेग्न नसकेपछि गृहमन्त्री गुरुङले दिए राजीनामा



काठमाडौँ-गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका छन्। प्रधानमन्त्री शाह नेतृत्वको मन्त्रिपरिषद् गठनकै दिन गृहमन्त्री नियुक्त भएका गुरुङ सुरुवाती चरणमा उच्च पदस्थ राजनीतिक र कर्मचारीमाथि कारबाही गरेर चर्चामा आएका थिए।

पछिल्लो समय भने उनी विभिन्न आरोपका कारण आलोचनामा परेका थिए। उच्च स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार ००:००  २ : ४४ बजे