१ असार २०८३, सोमबार | Mon Jun 15 2026

पुस २९ मा सार्वजनिक बिदा



बिर्तामाेड-झापाको कचनकवल गाउँपालिकाले पुस २९ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आदिवासी समुदायले पुस २९ गते भक्का दिवस मनाउन थालेपछि पहिलोपटक कचनकवल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ‌।

निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बुधबार सूचना जारी गरी भक्का दिवसका दिन गाउँपालिकाभित्रका सबै शैक्षिक संस्था, स्वास्थ्य संस्था र सरकारी कार्यालयहरू बन्द रहने जनाएका छन् ‌

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ९ : ४६ बजे