७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीलाई स्वागत



झापा-बिर्तामोड नगरपालिकाले नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी र सदस्यलाई स्वागत गरेको छ ।

नगरपालिकाको कार्यालयमा बुधवार नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले स्वागत गरेका हुन् ।

नगर प्रमुख प्रसाईले समितिका सबै जनालाई आधिकारिक पत्र समेत प्रदान गरेकी छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलकुद विकास समितिलाई अव्वल ढंगले अघि बढाउन निर्देशन दिएकी छन् ।

सबै विधाका खेललाई समेटेर अघि बढ्नु पर्ने बताउँदै उनले युवासँग नगर खेलकुद क्षेत्रमा सुधारको अपेक्षा राखेको बताइन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले यसअघि खेल क्षेत्रमा रहेर आफुले गरेका कामको अनुभवको आधारमा अघि बढ्ने प्रतिवद्वता जनाए ।

नगरपालिकाले गतसाता गिरीको अध्यक्षतामा १५ सदस्यीय नगर खेलकुद विकास समिति गठन गरेको थियो । समितिको उपाध्यक्षमा आइतमाया लिम्बु शेर्मा र सन्तोष गुरुङ छन् ।

सदस्यमा राम प्रसाई, सुदीप खवास, माधव खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, वेदप्रकाश अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकी चौधरी, शारदा दाहाल र सदस्य सचिवमा बिसन लिम्बु रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार ००:००  ८ : ४० बजे