- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
झापा- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।
समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो ।
छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।


















