- वीरता जेसीजको क्यालेन्डर बिमोचन कार्यक्रम
- मेची भन्सारले चैत मसान्तसम्म उठायो १३ अर्ब १४ करोड राजश्व
- ओली वंश समन्वय समितिको अधिवेशन सम्पन्न : उमानाथ ओली अध्यक्षमा चयन
- झापा एमालेद्वारा सुकुम्बासी बस्तीमा डोजर चलाएको घटनाप्रति आपत्ति : सरकारको आलोचना
- पेट्रोल-डिजेलको मूल्य घट्यो
झापा- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।
समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो ।
छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।
















