- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
झापा- देशभरका ६८१ पुस्तकालय बन्द भएका छन् । आर्थिक स्रोत व्यवस्थापनमा समस्या भएपछि ती पुस्तकालय बन्द भएका हुन् । धेरैलाई दीगो आर्थिक स्रोत जुटाउन समस्या परेको हो ।
नेपालमा सार्वजनिक एवम् व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयको संख्या ९२८ थियो । तर, जनशक्ति तथा भौतिक संरचना अभावमा पुस्तकालय बन्द हुने क्रम बढ्दै गएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले सञ्चालनमा रहेका पुस्तकालय पनि आर्थिक स्रोत व्यवस्थापन अभावमा जेनतेन चलिरहेको बताउनुभयो । तर, दीगो सञ्चालनको अवस्था छैन् ।
अहिले देशभर २४७ वटा मात्रै पुस्तकालय सञ्चालनमा छन् । भएका पुस्तकालय सञ्चालनमा पनि राज्यका निकायबाट पर्याप्त सहयोग मिल्न नसकेको नेपाल पुस्तकालय सङ्घका अध्यक्ष इन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।
उहाँले स्थानीय तहले सुविधा सम्पन्न सार्वजनिक पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।


















