- व्यवसायी सुवेदीद्वारा वाणिज्य संघको राहत कोषमा १ लाख १५ हजार सहयोग
- ‘बिर्तामोडको एमाले राजनीतिमा खम्बा थिए ज्ञानुराम’
- झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- श्रीमान् अर्की युवतीको कोठामा गएको विषयमा कुटपिट, महिलाको मृत्यु, ६ जना पक्राउ
- जन्मदिनको खर्च कटाएर अक्षय कोषलाई सहयोग
विराटनगर : मोरङका अलग-अलग स्थानमा दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट ५० वर्षीया विमला खड्काको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गर्दा उनलाई ठक्कर दिएकाे थियाे ।
यसैगरी सुन्दरहरैँचा नगरपालिका–११ मा लडेर मोटरसाइकलको पछाडि सवार ३० वर्षीया देवकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३३ प ४२३१ नम्बरको मोटरसाइकलबाट हामफाल्न खोज्दा लडेर उनी घाइते भएकी थिइन्।