- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा- नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरीत कार्य गर्ने अनाधिकृत समिति एवम् व्यक्तिले बोलाएको भेलामा सहभागी नहुन निर्देशन दिएको छ ।
पार्टीका जिल्ला सभापति देउकुमार थेवेले विज्ञप्ति जारी गर्दै नेता कार्यकर्तालाई यस्तो निर्देशन दिनु भएको हो । सभापति थेवेले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वार हराउन भूमिका खेल्नेहरुको साधारण सदस्यता स्वत खारेज भइसकेको बताउनु भयो ।
‘पार्टी अनुशासन, विधान र नीति निर्देशन विपरीत १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौति दिँदै विर्तामोड– ९ मा कांग्रेसका कार्यकर्ताले समानान्तर समिति गठन गरेका छन् ।


















