१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

समानान्तर भेलामा सहभागी नहुन झापा कांग्रेसको निर्देशन



झापा- नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरीत कार्य गर्ने अनाधिकृत समिति एवम् व्यक्तिले बोलाएको भेलामा सहभागी नहुन निर्देशन दिएको छ ।

पार्टीका जिल्ला सभापति देउकुमार थेवेले विज्ञप्ति जारी गर्दै नेता कार्यकर्तालाई यस्तो निर्देशन दिनु भएको हो । सभापति थेवेले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वार हराउन भूमिका खेल्नेहरुको साधारण सदस्यता स्वत खारेज भइसकेको बताउनु भयो ।

‘पार्टी अनुशासन, विधान र नीति निर्देशन विपरीत १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौति दिँदै विर्तामोड– ९ मा कांग्रेसका कार्यकर्ताले समानान्तर समिति गठन गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार ००:००  ९ : २० बजे