- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
बिर्तामोड- योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोडको दुर्गा मन्दिरमा रक्तदान गरेको छ ।
रगतको अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदीपकुमार संग्रौलाले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको सचिव सजु बुढाथोकीले जानकारी दिनुभयो ।
संस्थाका प्रवक्ता विजय उप्रेतीका अनुसार रक्तदानसँगै संस्थाले तेस्रो स्थापना दिवसको अवसरमा बिर्तामोडस्थित परोपकार वृद्धाश्रमका माता पितालाई फलफुल र जुस वितरण गरेको छ ।




















