- प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको आधार तोडियो : बस्नेतले जनाए आपत्ति
- समाज सुधार दिवसको अवसरमा बिर्तामोडमा दीप प्रज्वलन
- विवादमा तानिए गायक रामकृष्ण ढकाल
- पत्रकार महासङ्घ झापाको साधारणसभा : विज्ञापन नीतिप्रति तीव्र असन्तुष्टि
- बालक्लबका पदाधिकारीलाई प्रतिवेदन लेखन तालिम
बिर्तामोड– दीगो आम्दानीको स्रोत व्यवस्थापनका लागि बिर्तामोड उद्योग वाणिज्य संघले भवनको पहिलो तला (मुख्य भवन बाहेकको) व्यवसायिक प्रयोजनमा लगाउने भएको छ । आज भएको संघको पाँचौ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।
साधारण सभामा अध्यक्ष प्रकाश सिवाकोटीले भवनको भूइँतला व्यवसायिक प्रयोजनमा लगाउने सम्वन्धी प्रस्ताव पेश गर्नु भएको थियो । वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार अध्यक्षको लिखित प्रस्तावमा व्यवसायीले सहमति जनाएका छन् ।
संघलाई आर्थिकरुपमा अझै सवल र दरिलो बनाउन पहिलो तला भाडामा लगाउने निर्णय भएको महासचिव अर्जुन मैनालीले बताउनु भयो ।
‘संघको कार्यालय परिसरको भूइँतला तथा पश्चिम र उत्तरको कम्पाउण्डवालको ठाउँमा सटरसहितको कोठा तयार गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने निर्णय भएको छ’, महासचिव मैनालीले भन्नुभयो ।
साधारण सभाले स्थानीय तह, सुरक्षा निकाय र व्यवसायीको समन्वयमा रात्रिकालिन बजार सञ्चालनका लागि पनि आवश्यक पहल गर्ने निर्णय गरेको महासचिव मैनालीले जानकारी दिनुभयो ।
















