
तारा एयरको विमान सम्पर्कविहीन
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा–पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको हो । विमानमा पाइलट प्रभाकर घिमिरेसहित १९ यात्रु छन् ।
विमान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने थियो । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा क्याप्टेन घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।
विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो ।
जहाज उड्नु अघि मौसम त्यति राम्रो थिएन । यद्यपि, ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण भएको थियो ।
जहाज घोडेपानी कटेपछि सम्पर्कबिहीन भएको हो । वेपत्ता जहाजको खोजबिन कार्य तीब्र बनाइएको छ । जहाजको खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।