- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा–पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको हो । विमानमा पाइलट प्रभाकर घिमिरेसहित १९ यात्रु छन् ।
विमान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने थियो । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा क्याप्टेन घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।
विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो ।
जहाज उड्नु अघि मौसम त्यति राम्रो थिएन । यद्यपि, ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण भएको थियो ।
जहाज घोडेपानी कटेपछि सम्पर्कबिहीन भएको हो । वेपत्ता जहाजको खोजबिन कार्य तीब्र बनाइएको छ । जहाजको खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।
















