- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
जनकपुर– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
जनकपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनलाई अब पराजित हुने छुट नभएको बताए ।
‘हाम्रो गठबन्धन कमजोर हुँदैन । अहिले देशभरि गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन,’ उनले भने, ‘कतै कतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ । गठन्धनको विरोध सह्य हुँदैन । गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ । धेरैलाई गरिरहेको पनि छ ।’
सभापति देउवाले चितवनमा केही समस्या देखिए पनि त्यो समाधान भइसकेको दाबी गरे । गठबन्धनमा कहिँकतै समस्या छैन । चितवनमा अलि अलि समस्या देखिएको थियो तर अहिले सबैले हावा खाइसके,’ उनले थपे, ‘बागी बनेर पार्टीको झन्डा बोक्नेलाई कारबाही हुन्छ ।’


















