- सरकारले फेरि बढायो सार्वजनिक यातायात भाडा, तीन हप्तामै दोस्रो पटक समायोजन
- संसद् रोक्दै अध्यादेशको बाटो रोजेपछि सरकारमाथि प्रश्न
- सरकारी विज्ञापनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई महासंघको आग्रह
- झापामा कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत क्षेत्रीय अभिमुखीकरण
- काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक घटे
अर्जुनधारा– अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेद्वार बलदेव गोम्देन तामाङले आफुहरुको जित सुनिश्चित रहेको बताएका छन् ।
अर्जुनधाराको २ नम्बर वडामा हिजो आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बताएका हुन् ।
गोम्देनले आफुहरुको जितसँगै अर्जुनधारामा विकासको लहर ल्याउने बताए । उनले अर्जुनधारालाई समृद्ध र नमुना नगर बनाउन एमालेको बिकल्प नरहेको दावी गरे ।
आफु नेतृत्वको जनप्रतिनिधिले विजय भएपछि हरगाउँ हरठाउँमा समान समाबेशी बिकासको योजना ल्याउने उनले बताए ।
चुनावी अभियान अन्तरगत अर्जुनधाराको २ नम्बर वडाका बिभिन्न स्थानमा भएका कोणसभामा उपमेयरकी उम्मेदवार खड्गमामा पराजुलीले पनि अर्जुनधाराको विकासका लागि नेकपा एमालेका उम्मेदवारको विकल्प नरहेको बताइन् ।
चुनावी अभियानका क्रममा २ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार तुलसी खतिवडा, सदस्य पदका उम्मेदवारहरु प्रेम उपरकोटी, शर्मिला सुब्बा, बलबहादुर समाल र विमला रोक्काले पनि मतदाता समक्ष सूर्य चिन्हमा मतदान गरी आफूहरुलाई विजयी गराइदिन आग्रह गरेका छन् ।
















